Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

जनगणनामा त्रुटि फेला, झण्डै ७ लाख ७२ हजार जना थपिए

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा त्रुटि फेला परेको छ। जनगणनाका दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना नै छुटेको फेला परेको हो। राष्ट्रिय जनगणनाको प्रभावकारिता पत्ता लगाउन गरिने‘गणना जाँच सर्वेक्षण (पीईएस)ले यस्तो फेला पारेको हो ।

यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो।यससँगै नेपालको वास्तविक जनसंख्या २ करोड ९९ लाख ३६ हजार ५७६ जना पुगेको छ ।

तर नेपालको जनसंख्याको आधिकारिक तथ्यांकहरुमा भने यसअघि सार्वजनिक भएको २ करोड ९१ लाख ६४ हजार ५७८ नै प्रयोग हुने भएको छ। यो जनगणनामा कुल २ दशमलव ७३ प्रतिशत त्रुटि देखिएको छ ।

जसमध्ये छुटपुट २.५८ प्रतिशत छ र दोहोरो गणना ०.१५ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । २०७८ सालभन्दा अगाडि आफैंले जनगणनाको जाँच सर्वेक्षण गर्दै आएकोमा सैद्धान्तिक अवधारणा र संयुक्त राष्ट्रसंघको सुझाव अनुसार अहिले यस्तो सर्वेक्षण स्वतन्त्र तथा दक्षता प्राप्त निकायबाट गराउन थालिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP