
काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पी स्किन रोग क्रमशः घट्दो क्रममा रहेको बताएका छन्।
बिहीवार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरूमा देखापरेको लम्पी स्किन रोग घट्ने क्रममा रहेको बताएका हुन्। संक्रमित पशुहरूको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको उनले बताए।
उनले हालसम्म १२ लाखभन्दा बढी मात्रा खोप ल्याइसकिएको र २ लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको बताए।
उनले भने‚ ‘लम्पी स्किन रोगबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएका छन्। रोकथामका लागि यथासम्भव सबै प्रयास गरिएको छ। हामीले जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेका छौँ। हालसम्म १२ लाखभन्दा बढी डोज भ्याक्सिन ल्याइएको छ। असार २६ गतेसम्म २ लाख ५० हजार ७६६ पशुलाई खोप लगाइएको छ।’
मन्त्री भुसालले रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको दावी गरे। मन्त्रालयमा चालू आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानीय तहमा पठाइएको उनको कथन छ।
मन्त्री भुसालले लम्पी स्किनबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएको बताए। संक्रमितमध्ये २८ हजार १ पशुको मृत्यु भएको र ५ लाख २१ हजार ८१४ निको भएको उनले उल्लेख गरे। त्यस्तै २ लाख ३२ हजार ३०९ पशु अहिले पनि संक्रमित रहेको उनले जानकारी गराए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया