
दिपक के.सी.
असार २८
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको जनचेतना माध्यमिक विद्यालय लक्ष्मणपुरले २०७९ को एसइइ परिक्षामा शतप्रतिश विद्यार्थी उर्तिण गराइ उकृष्ट भएको छ । शिवराज नगरपालिकाले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुको एसइइमा प्राप्त नतिजा सार्वजनिक गरी जनचेतना माध्यमिक विद्यालयले शतप्रति नतिजा ल्याएको जनाएको छ ।
प्राधिक तर्फ ३३ जना विद्यार्थीलाई एसइइमा सहभागि गराएको जनचेतना माध्यमिक विद्यालयले प्राविधीक तर्फ ४ जनाले ३ दशमलब ६ देखि ३ दशमलब ९ जिपिए प्राप्त गरेका छन । ३ दशमलब २ देखि ३ दशमलब ५५ जिपिए १६ जनाले, २ दशमलब ८ देखि ३ दशमलब १५ जिपिए १२ जनाले र २ दशमलब ४ देखि २ दशमलब ७५ जिपिए १ जनाले प्राप्त गरेका छन । नगरपालिकामा सामुदायिक विद्यालय तर्फ ३ दशमलब ६ देखि ३ दशमलब ९ जिपिए प्राप्त गर्ने धेरै विद्यार्थी संख्या पनि जनचेतना माविको रहेको छ । यस्तै जनचेतना माविमा साधारण तर्फ ५१ जना सहभागि रहेकोमा ३ दशमलब २ देखि ३ दशमलब ५५ जिपिए १ जना, २ दशमलब ८ देखि ३ दशमलब १५ जिपिए ६ जना, २ दशमलब ४ देखि २ दशमलब ७५ जिपिए २८ जना र १ दशमलब ६ देखि २ दशमलब ३५ जिपिए प्राप्त गर्ने १६ जना रहेका छन । साधारण र प्राविधी दुबै तर्फ शतप्रतिशत नतिजा प्राप्त गर्दै जनेतना मावि उत्कृष्ट भएको नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले बताउनु भयो ।

गत बर्ष उत्कृष्ट नतिजा ल्याएको नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरको यस पटक भने गत बर्ष जस्तो नतिजा आउन सकेन । एसइइ नतिजा अनुसार नेपाल आदर्श माविको भन्दा समयथान माविको नतिजा राम्रो रहेको शिवराज नगरपालिका शिक्षा शाखाले जनाएको छ । एसइइ नतिजा अनुसार समयथान माविमा १ जनाले ३ दशमलब ६ देखि ३ दशमलब ९ जिपिए प्राप्त गरेका छन भने १ दशमलब ६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी संख्या ६९ जना रहेको छ । नेपाल आदर्श माध्यमिक विद्यालयमा प्राविधी तर्फ १ जना विद्यार्थी अनुपस्थित रहेको छ भने साधारण तर्पm ५ जना विद्यार्थी अनुपस्थित रहेका छन । नेपाल आदर्शमा १ दशमलब ६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी संख्या ७६ जना रहेको छ ।
नगरमा रहेका अन्य सामुदायिक विद्यालयहरुमा १ दशमलब ६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी संख्या बाल शिक्षा माध्यमिक विद्यालय हल्लानगरमा २६ जना, दुर्गाभगवति माध्यमिक विद्यालय नयाँवस्तीमा १९ जना, राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटामा ४२ जना, त्रिभुवन आदर्श मावि पिपरीमा ४७ जना, बालज्योति मावि विसुनपुर २६ जना, प्रकाश मावि सुन्दरीडाडामा ३० जना, सरस्वती मावि बानियाभारमा २५ जना र रंगीलाल मावि सडवामा ३४ जना रहेका छन ।
यस्तै ३ दशमलब ६ देखि ३ दशमलब ९ जिपिए नगरमा रहेका संस्थागत विद्यालय तर्फ शिवगढी इङ्गलिस स्कुलमा ५ जना, आवरमदरल्याण्ड एकेडेमीमा ४ जना र सनराइज इङ्गलिस बोर्डिङ्ग स्कूल चन्द्रौटामा १ जनाले प्राप्त गरेका छन । संस्थागत विद्यालय तर्फ यि तिन वटै विद्यालयले शतप्रतिशत नतिजा निकाल्न सफल भएको नगरपालिका शिक्षा शाखाले जनाएको छ । नगरमा सबै भन्दा बढि आवरमदरल्याण्ड एकेडेमीका विद्यार्थीले ३ दशमलब ८५ जिपिए प्राप्त गरेका छन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया