Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

देशभर ६८ प्रतिशत रोपाइँ : आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले समस्या

काठमाण्डाै – देशभर अहिलेसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो हप्तासम्म ६८ प्रतिशतमात्र रोपाइँ भएको हो ।

पोहोर साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सकिएको थियो । गएको वर्षको तुलनामा यसवर्ष अहिलेसम्म २० प्रतिशत कम रोपाइँ भएको हो । मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुन प्रवेशमा ढिलाइ हुँदा रोपाइँमा असर परेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताउनुभयो । त्यस्तै गोरुमा लम्पी स्कीन रोग देखिएका कारण पनि रोपाइँमा ढिलासुस्ती भएको छ ।

मध्य तराइमा साउन मध्यसम्म नै रोपाइँ हुने गरेकाले यसवर्ष ९५ प्रतिशतसम्म रोपाइँ हुने मन्त्रालयको दाबी छ ।  कुलो लाग्ने खेतमा समयमै रोपाइँ भए पनि आकाशे पानीको भरमा रोपिने खेतमा अझै पूर्णरूपमा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको र मुख्य गरी मधेस प्रदेशमै रोपाइँ कम भएकाले यस वर्ष धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP