Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

डोटीमा शिवशिखर सहकारीविरुद्ध ८ सय १८ जनाको उजुरी

डाेटी – शिवशिखर सहकारी संस्थाले आफूहरुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा आठ सय १८ जनाले उजुरी दिएका छन् । दिपायलको पिपल्लामा शाखा कार्यालय रहेको सहकारीमा उजुरी दिएकाहरुले ६ करोड ४० लाख ६२ हजार नौँ सय ९० रुपैयाँ ठगिएको दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार उजुरी आउनेक्रम निरन्तर छ । अहिले उजुरी लिने काम मात्रै भएको र थप प्रकृयाका लागि पछि केन्द्रबाट आउने आदेश अनुसार हुने उहाँको भनाई छ । प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका सहायक प्रहरी निरीक्षक धिरेन्द्र धामीका अनुसार अहिलेसम्म आएका उजुरीमा सबैभन्दा धेरै १२ लाख ४५ हजार ठगीएको उजुरी छ ।

भक्तुपरकाे कौशलटारमा मुख्य कार्यालय रहेकाे शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका देशभर ३५ जिल्लामा शाखा रहेका छन् । शिवशिखर सहकारीबाट कोही ठगिएको भए जाहेरी दिन गएको जेठ ६ गते सार्वजनिक सूचना गरिएको थियो । सूचनामा हदम्याद तोकिएको छैन । बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परीसकेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP