Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

सामाजिक समस्या समाधान तथा योजना निर्माण तालिम

युवा क्लब तथा किशोरी समूहका प्रतिनिधिहरुसँग सामाजिक समस्या समाधान तथा योजना निर्माण तालिम समापन भएको छ । आईतबार समापन भएको तालिम सामाजिक समस्या समाधान गर्न योजना बनाउन तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

शिवराज नगरपालिकाका प्रमुख अजय थापाले समापन कार्यक्रमलाई सम्बोधन गर्दै किशोरकिशोरी तथा युवाहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तान आग्रह गरे । उनीहरुकोे भविष्यलाई इगित गर्दै शिक्षालाई प्राथमिकता दिनुपर्नेमा उनले जोडदिए । अहिलेदेखि नै लक्ष्य निर्धारण गर्न आवश्यक रहेको बताउँदै किशोरकिशोरीलाई उत्प्रेणा दिनुपर्ने उनको भनाई छ । अभिभावकहरुले पनि किशोरकिशोरीलाई उनीहरुको अवस्था मूल्यांकन गरी गाईड गर्नुपर्ने प्रमुख थापाले जिकिर गरे ।

प्रशिक्षक अजय सिंह चौधरीले क्लब तथा समूहका अगुवाहरुले स्थानीय सामाजिक समस्याहरुलाई समाधानका लागि योजनाका साथ अघि बढ्नुपर्ने बताए । समस्याको जरो खोजी न्यूनीकरण पर्नेमा उनले जोड दिए । अर्का प्रशिक्षक हरि अधिकारीले विशेषगरी मधेशी समुदायमा लुकेर बसेका अन्धविश्वास, बालबिबाह, अशिक्षा लगायत समस्याले अधिकांश घटना हुने गरेको उल्लेख गरे । त्यसलाई निर्मुम पार्न अब पछिल्लो युवा पुस्ता लाग्नुपर्ने जरुरी रहेको बताए । सिद्घार्थ युवा क्लबका अध्यक्ष प्रवेज आलम मुसलमानले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्ने बताए ।

ग्रामिण भेगमा रहेका समाजमा रहेका समस्यालाई समाधान गर्न प्रतिबद्घता समेत उनले जाहेर गरे । सिद्घार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजना, एकशन एड नेपाल र शिवराज नगरपालिकाको सहयोगमा भएको आईतबार समापन भएको कार्यक्रम तीन दिनसम्म सञ्चालन रहेको थियो । आधा दर्जन क्लब तथा किशोरी संवादका २ दर्जन बढी युवा, किशोरकिशोरीहरु तालिममा सहभागी भएको कार्यक्रम सहायक अधिकृत मनोज कुमार बरईले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP