Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

२८ प्रतिशत जग्गा महिलाको स्वामित्वमा , एक वर्षमा १७ सय महिला बने जग्गाको मालिक

चन्द्रौटा

मालपोत कार्यालय चन्द्रौटामा गत आर्थिक वर्षमा २८.५२ प्रतिशत जग्गा महिलाको स्वामित्वमा पास भएका छन् । आर्थिक वर्ष ०७९।८० मा जम्मा ६ हजार २४ मध्ये १ हजार ७१८ जग्गा महिलाको नाममा पास भएको मालपोत कार्यालयका प्रमुख दीप चालिसेले बताउनुभयो । महिलाका नाममा पास गराउँदा २५ प्रतिशत छुट हुने व्यवस्थाले गर्दा महिलाको नाममा जग्गा पास हुने गरेको चालिसेको भनाई छ ।
केही वर्ष अघिसम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास हुने क्रम अहिले उत्साहजनक रूपमा वृद्धि भएको देखिन्छ । सरकारले महिलाको नाममा जग्गा रजिस्ट्रेसन पास गराउनेलाई राजस्वमा विशेष छुटको व्यवस्था गरे पछि जिल्लामा महिलाको नाममा उल्लेखनीयरुपमा भूस्वामित्व बढेको हो । सरकारले महिलाको नाममा जग्गा किन्दा रजिस्ट्रेसनमा सहुलियत दिए पछि महिलाको जग्गामा स्वामित्व बढ्दै गएको छ ।
मालपोत कार्यालयका अनुसार महिलाको स्वामित्वमा जग्गा पास गरेको अवस्थामा करमा छुट दिने व्यवस्थाले गर्दा महिलाहरूको नाममा जग्गा पास हुने प्रचलन बढ्दै गएको देखिन्छ । सर्वसाधारणहरूले पनि महिलाको हकमा छुट दिने भएपछि अधिकांश जग्गा पास गर्दा महिलालाई नै समावेश गराउने गरेका छन् ।
महिलाका नाममा जमिन राख्दा दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिने सरकारले व्यवस्था गरेसँगै यो क्रम बढ्दै गएको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो “पहिला पहिला महिलाका नाममा जग्गा दर्ता गर्ने चलन नै थिएन,पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ”, उहाँले भन्नुभयो “महिलाको स्रोत तथा सम्पत्तिमा पहुँच पु¥याउन नेतृत्व तहमा पुगेका महिलाले पहल गर्नुपर्ने आवश्यक देखिन्छ, ।” महिलाका नाममा सम्पत्ति बढ्दै गएपछि महिलाले अधिकार पाएको अनुभूति गर्न समेत थालेका छन् ।
तर कतिपय पुरुषहरूले छुटको लागि मात्र महिलाको नामा जग्गा पास गरिदिने गरेको महिला अधिकारकर्मी मिना परियारले बताउनुभयो । ‘महिलाहरूले आफ्नो नाममा रहेको जग्गा मेरो हो अनुभूति कतिको गरेका छन त ? भन्ने पहिलो प्रश्न रहन्छ, परियारले भन्नुभयो, ‘राज्यले छुटको व्यवस्था गर्नु भनेको सकारात्मक विषय हो, ।’
विगतका वर्ष भन्दा गत आर्थिक वर्षका जग्गाको कारोबार मा समेत कमी देखिएको छ । आर्थिक वर्ष ०७८।७९ मा ८ हजार २२८ जग्गा पास भएका थिए । जसमध्ये २ हजार ६९० जग्गा महिलाको स्वामित्वमा पास भएका थिए । यसरी हेर्दा ०७८।७९मा ३२.७० प्रतिशत जग्गा महिलाका स्वामित्वमा रहेको देखिन्छ ।
मालपोत कार्यालय चन्द्रौटामा ०७९।८० मा रजिस्ट्रेसन,मुद्दा र मोठ बापत ७ करोड २४ लाख ९७ हजार ४३९ राजस्व सङ्कलन गरेको छ । लाभकर ३ करोड ३९ लाख ८९ हजार ६७ रुपैयाँ रकम सङ्कलन गरेको प्रमुख चालिसेले बताउनुभयो । विगतका वर्षको तुलनामा गत वर्षको राजस्वमा समेत कमी भएको छ । जग्गा पासको सङ्ख्या घटेपछि राजस्वमा समेत कमी भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP