
दैलेख – दैलेखका ११ वटै पालिकामा फैलिएको ‘लम्पी स्किन’ रोगका कारण पाँच सय ९४ पशुचौपाया मरेका र ७४ हजार सात सय ५३ पशुचौपाया सङ्क्रमित भएका पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जनाएको छ ।
मर्ने पशुचाैपायमा सबै गाईगोरु रहेका सङ्क्रमित हुनेमा भैँसी पनि रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्टले जानकारी दिनुभयाे । सङ्क्रमितमध्ये १९ हजार नौ सय ६४ पशुचौपाया निको भएका उहाँले जानकारी दिनुभयो ।
लम्पी स्किन सङ्क्रमणबाट पशुहरूमा फोको उठ्ने, पाक्ने र किरा पर्ने गरेको पाइएको बताउँदै पशु सेवा केन्द्र र पालिकाका पशु सेवा प्राविधिकहरू परिचालन गरी प्राथमिक उपचार प्रयास गरिएको विष्टले बताउनुभयो । प्राथमिक उपचारपछि पनि निको नभएका पशुलाई थप उपचारका लागि पशु अस्पतालमा पठाइएकाे छ ।
जिल्लामा प्राप्त भएको एक हजार डोज खोपमध्ये दुल्लू र आठबीस नगरपालिका, ठाँटीकाँध, महाबु र भगवतीमाई गाउँपालिका गरी पाँच वटा पालिकामा चार सय पैतीस पशुलाई खोप लगाएको पशु सेवा कार्यालयले बताएकाे छ ।
पशु मरेका र पशु सङ्क्रमित भएका किसानहरूलाई क्षतिपूर्ति र उपचारमा सरकारी निकायबाट सन्तोषप्रद तरिकाबाट तत्परता नपाइएको राष्ट्रिय कृषक समूह महासङ्घका कर्णाली प्रदेश सदस्य तेजबहादुर थापाको गुनासो छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले दिएको जानकारीअनुसार जिल्लामा किसानहरुले एक लाख २७ हजार छ सय २१ वटा गाईगोरु र एक लाख एक हजार चार सय तीन वटा भैँसी पालेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया