
गर्मीयाम र मौसम परिवर्तन सुरुभएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको छ । आँखाका रोगको प्रकोप बढेपछि आँखा अस्पतालहरुमा विरामीहरुको संख्या वृद्धि हुँदै गएको छ।आँखाको बिभिन्न समस्याहरु मध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । आँखा रातो हुनु , आँशु बग्नु, आँखाको ढकनी सुन्निनु, कचिरा लाग्नु आदि आँखा पाक्ने संकेत हुन् । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । ‘कन्जक्टीवाईटिस्’ एक प्रकारको वायरल इन्फेक्सन हो । जुन कहिले काहिं ब्याक्टेरियाको कारणले पनि हुन सक्छ । यसलाई आम भाषामा आँखा पाक्नु भनिन्छ । आँखाको उपचारका लागि आउने मध्ये अधिकांशमा आँखा पाक्ने ( conjunctivitis ) रोगको संक्रमण देखिएको छ आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि विषेषगरि १८ वर्ष मुनिका बालबालिकाहरु बढी प्रभावित भएका छन् यसको उपचारका लागि औषधि प्रयोग गर्ने, कालो चस्मा लगाउने र आँखामा दैनिक पानी छ्याप्नुपर्ने जस्ता नियमित उपचार गर्न बिरामीलाई दृष्टि विशेषज्ञहरुले सुझाव दिएका छन् ।
लक्षण
आँखा रातो हुने
आँखा चिलाउने
आँखाबाट रगत मिसिएको आँसु आउने
आखाँमा चिप्रा आउन्ये
ज्वरो आउने
घाँटी दुख्ने स्वर भासिने
कसरी बच्ने ?
भीडभाडमा जाँदा चश्माको प्रयोग गर्ने
संक्रमितले प्रयोग गरेका रुमाल तथा अन्य सामग्री साटासाट नगर्ने
संक्रमित व्यक्तिको नजिक नबस्ने
संक्रमितका बिच्छ्यौना प्रयोग नगर्ने
संक्रमित किरामीले औषधि प्रयोग गरेपछि हात धुने
भीड हुने ठाउँ स्कुल, चलचित्र हलमा नजाने
विशेषगरि स्कुले बालबालिकामा संक्रमण बढी देखिएकाले आँखा पाकेमा स्कुल नपठाउने र अभिभावकलाई संक्रमितले प्रयोग गरेको मोबाइल, कलम, रुमाल जस्ता वस्तुबाट भाइरस अन्यमा सरेपनि नजर मिलाउँदैमा वा हेराहेर गर्दैमा यो संक्रमण भने सर्दैन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया