Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

कपिलवस्तु शिवराजमा प्रदेशस्तरिय निर्माण सामाग्री प्रयोगशाला

दिपक के.सी.
कपिलवस्तु
लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधर मन्त्रालय अन्तर्गत कपिलवस्तुमा प्रदेश स्तरि निर्माण सामाग्री प्रयोगशाला निर्माणको क्रममा रहेको छ । प्रदेशमा नै एक मात्रै निर्माण सामाग्री प्रयोगशाला जिल्लाको शिवराज नगरपालिका वडा नं. १ मा निर्माण भइरहेको छ ।
निर्माण सम्बन्धि सामाग्रीहरुको गुण स्तर जाँचका लागी प्रदेश स्तर कै प्रयोगशालाको निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भइसकेको निर्माण कम्पनी सगुन कन्ट्रक्शनका इन्जिनियर निसान्त मण्डलले बताए । जग्गा प्राप्तीमा आठ महिना ढिला हुदाँ निश्चित समय भन्दा आठ महिना पछि कार्यादेश प्राप्त हुदाँ यसै आर्थिक बर्षभित्र निर्माण सम्पन्न हुने उनले बताए ।
निर्माणमा प्रयोग हुने छड,सिमेन्ट, इटा लगायतका अन्य सामाग्रीहरुको गुणस्तर चेकजाँच गर्न भैरहवामा रहेको प्राइभेट प्रयोगशाला (इन्जिनियरिङ्ग कलेजमा) लैजानु पर्ने बाध्यता प्रयोगशाला निर्माण संगै हट्ने लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन के.सी.ले बताए । प्रदेश स्तरकै पहिलो प्रयोगशाला निर्माण र संचालनमा आए पछि प्रदेशका सबै जिल्लालाई सहज हुने उनले बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयको आ.ब.०७७÷०७८ को योजना अनुसार मू.अ.क. सहित रु. १८ करोड रहेको मा मु.अ.क. सहित १२ करोडमा प्रयोगशाला निर्माण हुन लागेको प्रदेश सभा सदस्य के.सी.ले बताए ।
कपिलवस्तु क्षेत्र नं. ३ (१) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका के.सी.कै पहलमा शिवराज नगरपालिकामा निर्माणाधीन अवस्थामा रिफ्रेस सेन्टर , निर्माणको प्रक्रियामा प्रदेश कै ठूलो सरुवा रोग अस्पताल छन भने यस आर्थिक बर्षको सुरुमा नै ५ करोड लागतमा बनकसबास बलुहवा सिचाई योजनाको ठेक्का भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP