Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

मनसुन कमजोर बनेसँगै पानी पर्ने क्रम घट्ने

काठमाण्डाै – मनसुन कमजोर बनेसँगै पानी पर्ने क्रम घटेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली छ ।

मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा तलतिर सरेकाले नेपालमा तत्काल लगातार वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने उहाँले बताउनुभयो ।

आज कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ । अन्य पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । तराई मधेसका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन ।

मौसमविद्का अनुसार अहिले तत्काल केही दिनलाई लगातार पानी नपरे पनि त्यसपछि भने पानी पर्ने सम्भावना रहन्छ । मनसुनको अवधि कायमै रहेकाले मनसुन फेरि सक्रिय भइ ठूलो पानी पर्न सक्ने मौसमविद् मानन्धरले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP