Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

निशल्क दन्त शिविरबाट १५० जना लाभान्वित

कपिलवस्तुको चन्द्रौटामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ चन्द्रौटाको आयोजनामा शनिवार भएको शिविरबाट १ सय ५० जनाले सेवा लिएका छन् । बिहान ९ बजे देखि सुरु भएको शिविरमा ओ.पी.डी सेवा,दन्त परीक्षण तथा परामर्श, सामान्य दाँत निकाल्ने सेवा, अस्थायी सिमेन्ट भर्ने, निःशुल्क औषधी वितरण सेवा भएको हो ।
लुम्बिनी प्रदेशका सांसद अर्जुन कुमार केसीले शिविर कार्यक्रमलाई सम्बोधन गर्दै यस क्षेत्रमै पहिले पटक नौलो कामको सुरुवात गरेको प्रशंसा गरे । समय सापेक्ष कार्यक्रम सञ्चालन गरेको जनाउँदै आम नागरिकले प्रत्यक्ष सेवाको अनुभूति गरेको उनले बताए । स्थानीयको समस्यालाई मध्यनजर गर्दै आगामी समयमा समेत यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाई छ । दाँत संवेदनशील अंग भएको हुँदा कतिपय बिरामीहरू उपचार नपाएकोले शिविर आयोजना गरिएको रोट्रयाक्ट क्लब अफ चन्द्रौटाकी अध्यक्ष माया बस्नेतले जानकारी दिइन ।
चन्द्रौटामा रहेको निदान डेन्टल क्लिनिकको प्राविधिक सहयोग तथा इन्सेप्सन एजुकेशनल फाउण्डेशनको आर्थिक सहयोगमा शिविरमा दन्त सम्बन्धित बिरामीले दाँत चेक जाँच गराएको ् । आफ्नो कार्यकालको पहिलो कार्यक्रम रहेको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट कार्यक्रम ल्याउने समेत उनले जिकिर गरिन् । बिरामीलाई जुनसुकै उपचार गर्दा २० प्रतिशत छुटमा निदान डेन्टल क्लिनिकले उपचार गर्ने व्यवस्था रहेको सञ्चालक धुब्र कुमार मिश्रले बताए । रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजना, रोटरी क्लब अफ कपिलवस्तुको सह आयोजनामा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP