Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ

काठमाण्डौ – ६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घटनामा उनिहरु पनि जोडिएका केही संकेत पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिनुभयो ।

गएको साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । यस प्रकरणको अनुसन्धान सुरूमा राजश्व अनुसन्धान विभागले अघि बढाए पनि पछि सिआइबीलाई थप अनुसन्धानको जिम्मा दिएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म ३० जना पक्राउ परिसकेका छन् । यसका मुख्य अभियुक्त बेल्जियमका नागरिक दावा छिरिङलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले नेपाली नागरिकता लिएको पनि पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP