Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ

काठमाण्डौ – ६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

घटनामा उनिहरु पनि जोडिएका केही संकेत पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिनुभयो ।

गएको साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । यस प्रकरणको अनुसन्धान सुरूमा राजश्व अनुसन्धान विभागले अघि बढाए पनि पछि सिआइबीलाई थप अनुसन्धानको जिम्मा दिएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म ३० जना पक्राउ परिसकेका छन् । यसका मुख्य अभियुक्त बेल्जियमका नागरिक दावा छिरिङलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले नेपाली नागरिकता लिएको पनि पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP