Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

मूर्ति विसर्जनकाे क्रममा झडप भएपछि सर्लाहीको मलंगवामा कर्फ्यू आदेश

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि उत्पन्न विवादका कारण शान्ति सुरक्षालाई ख्याल गरेर कर्फ्यू आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले उज्यालोलाई जानकारी दिनुभयो ।

आज बेलुका पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान आठ बजेसम्म रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेको प्रजिअ यादवले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले आज सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि कर्फ्यूलगाउनु परेको हो ।

अहिलेको अबस्था सामान्य रहेको र बेलुका वा रातिको समयमा झडप हुन सक्ने अनुमान्का कारण कर्फ्यू लगाएर सुरक्षा व्यवस्था मजबुत बनाएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । अहिले मलंगवा बजार बन्द छ । मलंगवाबाट चल्ने साना तथा लामो दुरीका गाडी पनि बिहानैदेखि चलेका छैनन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP