Trending
समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी

अधिकतम संयम अपनाउन भारत र चीनलाई संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले सोमबार राति लद्दाखको गलवानी भ्यालीमा भएको झडपप्रति चिन्ता व्यक्त गर्दै भारत र चीन दुवै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका सहप्रवक्ता एरी कोनेकोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लाइन अफ कन्ट्रोलमा भएका हिंसात्मक झडप र मृत्युका खबरप्रति हामी चिन्तित छौं । भारत तथा चीनलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौं ।“ साथै दुई देशबीच तनावलाई कम गर्न प्रयास सुरु हुनुलाई सकारात्मक रुपमा लिएको समेत जनाइएको छ ।

भारत र चीनबीच विगत एक महिनादेखि कायम रहेको तनाव बढ्दै गएर सोमबार राति हिंसात्मक झडपको भएको हो । उक्त झडपमा भारततर्फका २० सैनिकको मृत्यु भएको छ भने चीनतर्फ ४३ जना हताहत भएको हुनसक्ने बताइएको छ ।

भारतले मंगलबार दिँउसो एक कर्णेलसहित तीनजनाको मृत्यु भएको र १७ जना घाइते भएको बताएको थियो । पछि भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीयसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको बताएको थियो । -एजेन्सी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP