Trending
राजनीति खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतसँग स्पष्टीकरण मागियो राजनीति एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु राजनीति गोरखापत्र नेपाली पत्रकारिता क्षेत्रको जननी : मन्त्री शर्मा राजनीति सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्ने खेल भीमनारायण कप : एपिएफको विजयी सुरुवात राजनीति स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ : राष्ट्रपति राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री

करेन्ट लागेर पोखरामा श्रीमान-श्रीमतीको मृत्यु


५ मंसिर, पोखरा : कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा पोखरामा एक दम्पतीको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–२९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुस्ताङ स्थायी घर भई हाल पोखरा २९ बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए।

दिउँसो करिब ४ बजे माछा मार्नका लागि तार बिछ्याउने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो। पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले जलकुम्भी कुलो भनिने उक्त कुलोमा बेलाबखत मानिसहरु माछा मार्ने गरेकोमा सोमबार अप्रिय घटना घटेको भन्दै दुःख व्यक्त गरे।

अहिले मृतकका शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP