Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अपराजित जनकपुरको लज्जास्पद हार, सुदुरपश्चिमको सहज जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरूद्ध जनकपुर बोल्ट्सले लज्जास्पद हार व्यहोरेको छ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुरूमा ब्याटिङमा आएको सुदुरले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो।

१२४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमायो। जनकपुर १२ ओभरमा सबै विकेट गुमाएर अलआउट हुँदै जम्मा ५१ बनाउँदा सुदुरसँग ७२ रनले पराजित भएको हो।

जनकपुरका लागि जोसुया ट्रम्प १३, लाहिरू मालिन्था सात, हर्ष ठाकर पाँच, जेम्स निसम, ललित राजवंशी, आशिफ शेख समान चार, अर्निको यादव एक, कप्तान अनिल साह, शुभ कन्सकार र शेर मल्ल शून्यमा आउट भए।

सुदुरका लागि हर्मित सिंह, इसान पाण्डे र दिपेन्द्रसिंह ऐरी समान दुई, स्कट कुगेलेइन, सैफ जेव, र नरेन साउदले एक विकेटले लिए।

जनकपुरका किशोर महतोले १७ ओभरमा तीन विकेट र १९ ओभरको पहिलो बलमा थप एक विकेट लिएपछि सुदुरपश्चिम सस्तैमा समेटिएको थियो।

जनकपुर यो खेलमा जित निकालेमा २ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउन चाहन्थ्यो। जनकपुर ४ खेलमा ४ जितसहित पहिलो र सुदूरपश्चिम ३ जितसहित दोस्रो स्थानमा छन्।

सुदुरका लागि विनोद भण्डारी ३३, सैफ जेव २१, ब्राण्डेन म्याकलेन ११, स्कट कुगेलेइन ७, आरिफ शेख ६, नरेन साउद तीन, हर्मित सिंह एक, दिपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। नरेश बुढायर ९ र अविनास बोहरा २ रनमा अविजित रहेका थिए।

जनकपुरका लागि शेर मल्ल र अर्निको यादव समान दुई दुई, हर्ष थाकरले एक विकेट लिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP