Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, असार ३ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा स्थानीय तहमा आन्तरिक रोजगारी प्रवर्द्धन अभियान अन्तर्गत वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

७ वडाकाे सम्पुर्ण वडा सदस्यहरू,वैदेशिक रोजगारमा जान चाहेका व्यक्तिहरू,वैदेशिक राेजगार बाट फर्किएका व्यक्तिहरू र वैदेशिक राेजगारमा गएका घरपरिवारका सदस्य गरि जम्मा ९५ जनाकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय नागरिक, युवा तथा वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वैदेशिक रोजगारीका अवसर, सुरक्षित आप्रवासनका प्रक्रिया, वित्तीय व्यवस्थापन तथा बचत सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको छ ।

सहभागीहरूलाई वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने कानुनी प्रक्रिया, सम्भावित जोखिमबाट बच्ने उपाय तथा कमाएको आम्दानीलाई सही ढंगले व्यवस्थापन गर्ने विषयमा प्रशिक्षण दिइएको राेजगार सेवा केन्द्रका प्रमुख श्याम पुनले जानकारी दिए ।

गाउँपालिकाले स्थानीयस्तरमै रोजगारी सिर्जना तथा नागरिकलाई सचेत बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । कार्यक्रमले सहभागीहरूमा वित्तीय अनुशासन र सुरक्षित आप्रवासन सम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास गरिएको छ ।

कार्यक्रम वडा नं. ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षित आप्रवासन सम्बन्धी विषयमा जिल्ला संयोजक तथा प्रशिक्षक सुभाष रेग्मी र वित्तीय साक्षरता सम्बन्धी बबिता गौतमले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण रोजगार सेवा केन्द्रका रोजगार संयोजक श्याम पुनले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP