
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ३ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-१ स्थित आधारभूत विद्यालय थरौलीमा ४ कोठे नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बुधबार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् ।
पूर्व मन्त्री रुपा विकको पहलमा बजेट विनियोजन भएपछि विद्यालय भवन निर्माण प्रक्रिया अगाडि बढेको हो । भवन निर्माणको ठेक्का रेसुङ्गा बी.एल. जेभी कम्पनीले प्राप्त गरेको छ । ठेकेदार तिलकराम पौडेलका अनुसार करिब १ करोड रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको हाे ।
शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारको विकास आवश्यक रहेको बताउँदै समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । उनले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न गाउँपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुदीप सारुले नयाँ भवन निर्माणसँगै विद्यार्थीलाई पठनपाठनका लागि थप सहज वातावरण प्राप्त हुने विश्वास व्यक्त गरे । उनले विद्यालयको विकासमा सहयोग पुर्याउने सबै पक्षप्रति धन्यवाद ज्ञापन गरे ।
यस्तै पूर्व अध्यक्ष थर्क बहादुर खन्गाहाले विद्यालयको दीर्घकालीन विकासका लागि स्थानीय समुदाय, अभिभावक र सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए । उनले भवन निर्माणपछि विद्यालयको शैक्षिक गुणस्तर थप उकास्न मद्दत पुग्ने जिकिर गरे ।
यसैगरी प्रधानाध्यापक डण्डपानी उपाध्यायले भवन अभावले हुँदै आएकाे समस्या नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीले थप व्यवस्थित र सुरक्षित रुपमा अध्ययन गर्न पाउने वातावरण तयार हुने बताए । शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य दमन्ती राना, वडा सदस्य तिजमान राई, समाजसेवी सुरज बि.क., शिक्षक, अभिभावक, स्थानीयवासीहरुकाे उपस्थिति थियोे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया