Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पुष्पसदन बुद्धिचाल प्रतियोगितामा २५० विद्यार्थी प्रतिष्पर्धा गर्दै

काठमाडौँ : कीर्तिपुरस्थित पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा शनिवार शुरु हुने अन्तरविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा स्वदेशी र विदेशी गरी २५० जनाले प्रतिष्पर्धा गर्ने भएका छन्।

विद्यालय परिसरमै पुस २९ गतेसम्म चल्ने पुष्पसदन अन्तरराष्ट्रिय अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता–२०२५ मा भारतका ९ जना विद्यार्थीसहित देशभरका गरी २५० जना विद्यार्थीले प्रतिष्पर्धा गर्ने पुष्पसदन विद्यालयका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा पोखराका ८ जना सहभागी छन्। ३ दिन चल्ने प्रतियोगिता शनिवार विहान १० बजे शुरु हुनेछ। शनिवार २ राउण्डमा तथा आइतवार ३ राउण्डमा प्रतिष्पर्धा हुनेछ। अन्तिम दिन सोमवार २ राउण्डमै प्रतिष्पर्धा हुनेछ।

उनका अनुसार बुद्धिचाल प्रतियोगितालाई अन्तरराष्ट्रिय स्तरमा लैजान भारत, बङ्गलादेश, श्रीलङ्का तथा चीनजस्ता छिमेकी राष्ट्रका केही इच्छुक विद्यालयहरूलाई समेत आमन्त्रण गरिएको थियो।

प्रतियोगितामा काठमाडौँ उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीको टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र भोजनको प्रबन्ध मिलाएको उनले बताए।

नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्विस लिग प्रणालीका आधारमा (७ राउण्डमा) सञ्चालन गरिने प्रतियोगितामा ११ वर्षमुनि, १३ वर्षमुनि, १५ वर्षमुनिका उमेरका छात्र तथा छात्राहरूले छुट्टाछुट्टै प्रतिष्पर्धा गर्नेछन्।

१०औँ स्थानसम्म हासिल गर्ने उत्कृष्ट खेलाडीहरूलाई स्वर्ण, रजत तथा काँस्य पदक तथा प्रमाणपत्र दिइनेछ भने विजेता तथा उपविजेता विद्यालयहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयका खेलकुद संयोजक एवं प्रतियोगिता संयोजक राजु लामाले जानकारी दिए।

पुष्पसदनले टेबल टेनिस, बास्केटबल, बुद्धिचाललगायत खेलको कीर्तिपुर नगरस्तरीयदेखि उपत्यकाव्यापी तथा राष्ट्रिय स्तरसम्मका अन्तरविद्यालय तथा खुल्ला प्रतियोगिता संचालन गर्दै आएको विद्यालयका प्रिन्सिपल आरडी राईले जानकारी दिए।

आगामी माघ २४ देखि २६ गतेसम्म विभिन्न उमेर समूहमा काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता पनि आयोजना गर्ने उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP