Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

२४औँ पोखरा गोल्डकप आज सुरु हुँदै

काठमाडौं : २४औँ आहा रारा पोखरा गोल्डकप आज सुरु हुँदैछ।

मोफसलको सबैभन्दा चर्चित फुटबल प्रतियोगिताको उद्घाटन खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुने आयोजक सहारा क्लबले जनाएको छ।

उद्घाटन खेलमा आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा भारत, बेलायत, उज्वेकिस्तानका टिमसहित नेपालका ए डिभिजन टोलीले प्रतिस्पर्धा गर्दैछन्।

आयोजकसहित पुलिस, न्यूरोड टीम एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी र युकेको ब्रिगेड ब्वाईज क्लब समूह ए मा छन्। यो समूहका युके र आर्मीले सिधै पहिलो र तेस्रो क्वार्टरफाइनल खेल्नेछन्।

यस्तै समूह बीमा एपीएफ, मछिन्द्र, भारतको थन्डरबोल्ट नर्थ–युनाईटेड, संकटा, थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन्।

थ्रीस्टार र ब्ल्याक बुल्सले सिधै दोस्रो र चौथो क्वार्टरफाइनल खेल्नेछन्। माघ ३० मा पहिलो सेमिफाइनल र फागुन १ मा दोस्रो सेमिफाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख एक हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP