Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज

काठमाडौं : त्रिकोणात्मक महिला टी–ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ।

शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको हो । नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, कपतान इन्दु बर्माले १० रन बनाउँदा डेब्यु गरेकी राजमती ऐरी ११ रनमा अविजित रहिन्।

अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जारी सिरिजमा खेलेका सबै ६ खेलमा नेपाल जितविहीन बन्यो ।

यसअघि नेपाल थाइल्याण्डसँग पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा ५ रनले पराजित भएको थियो । जितसँगै थाइल्याण्डले शृंखलाको उपाधि पनि जितेको छ । थाइल्याण्डले खेलेका ६ मध्ये ५ खेलमा जित निकालेको थियो । थाइल्याण्डले नेदरल्याण्ड्ससँगको एक खेलमा मात्रै हार व्यहोरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP