
कृष्णनगर, २७ माघ ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-९ माडामा शयर बाँधकाे अनुगमन गरिएको छ । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा सांसद अर्जुन कुमार केसी र नगर प्रमुख रजत प्रताप शाह लगायतकाे एक प्राविधिक टाेलीले शयर बाँधकाे अनुगमन गरेकाे हाे ।
अनुगमनकाे क्रममा सांसद केसीले यस शयर बाँधकाे पानीले सयाैँ किसानहरु लाभान्वित हुने बताउँदै प्रदेश सरकारलाई बजेट विनियोजनका लागि पहल गर्ने बताएका छन् । उनले प्राविधिक टाेलीलाई शयर बाँधकाे डिपिआरका लागि आवश्यक कार्यलाई अगाडी बढाउन जाेड दिएकाे बताए ।
कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहले शयर बाँध निर्माणका लागि नगरपालिकाले पहल गरिरहेकाे बताए । उनले यस बाँधले स्थानीय किसानलाई बढी भन्दा बढी लाभान्वित हुने गरि सिँचाई आयाेजना सञ्चालनका लागि लागिपरेको बताए ।
सांसद अर्जुन कुमार केसीलाई यस बाँधकाे लागि प्रदेश सरकारबाट बजेट विनियोजनकाे लागि पहल गर्न अनुरोध गरेकाे उनले बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया