Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मास्क नलगाई हिड्ने २ सय २५ बढी व्यक्तिमाथि कारवाही

अजय कुमार झा, जनकपुरधाम ।

कोरोनाको संक्रमणको जोखिम अहिले पनि उच्च रहेको बेलामा विना मास्क शहरबजार तथा सार्वजनिक स्थलमा हिड्ने माथि धनुषा प्रहरीले कारवाही बढाएको छ ।

जिल्ला सकट व्यवस्थापन समितिको हिजो बसेको वैठकले गरेको निर्णय अनुसार आज साँझ ४ बजेसम्ममा २ सय २५ भन्दा बढी व्यक्ति माथि कारवाही गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश वस्नेतले जानकारी दिनु भयो । मास्क विना हिड्नेसंग धनुषा प्रहरीले न्युनतम १ सय जरिवाना गरिरहेको छ ।

संक्रामक ऐन २०२० अनुसार धनुषा प्रहरीले मास्क विना हिडेको माथि निगरामी गर्नका लागि जिल्ला भरिमा नै प्रहरीको विषेश टोली परिचालन गरेर मास्क नलाउने माथि धमाधम कारवाही गर्न थालेपछि मास्क लगाउनेको संख्यामा निक्कै बृद्धि भएको छ । अहिले मास्क विना हिड्नेको संख्या निक्कै कम भएको छ ।

कोरोनाको महामारीबाट जोगिन तथा जोगाउनका लागि मास्कको प्रयोग अनिवार्य भएको विश्व स्वास्थ्य संगठनले पटक पटक जानकारी दिदै आएपनि विगत केही समय देखि ७० प्रतिशत भन्दा बढी व्यक्ति मास्क विना नै हिड्न थालेपछि त्यस्ता माथि कारवाहीका लागि जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेर प्रहरीलाइ अधिकार दिएपछि धमधम कारवाही बढाईएको छ ।

अव सर्वसाधारणले आफै मास्क लगाएर सार्वजनिक स्थलमा हिड्न थालेको धनुषाका प्रहरी उपरीक्षक बस्नेतले बताउदै यो अभियान तथा कारवाही निरन्तर रुपमा जारी रहने बताउनु भयो । उहाँले जरिवना नतिर्ने केही अहिले पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । यस अघि हिजो दिन भरि प्रहरीले सर्वसाधारणलाई सम्झाउने काम गरेका थिए ।

आफ्नो र अरुको जीवन जोखिममा राख्ने कामकाज आफैले गर्न थालेपछि सर्वसाधारणको स्वास्थ्यलाई दृष्टिगत गरेर उक्त कदम चाल्नु परेको धनुषाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट व्यवस्थापन समितिको अध्यक्ष कोषहरि निरौलाले जानकारी दिनु भयो ।

मास्क विना भिडभाड हुने ठाउँमा जाँदा आफै र आफूबाट अरुलाई कोरोना सार्ने खतरा धेरै भएकाले प्रहरीको यो अभियान निक्कै सराहनीय भएको प्रादेशिक अस्पताल जनकपुरधामका कोरोना फोकल पर्सन डा. जामुन प्रसाद सिंहले जानकारी दिन भयो । यस विषयमा सञ्चारकर्मीले पनि पटक पटक ध्यानाकर्षण गर्दै आएको छ ।

अहिले मास्क सबै तीर उपलब्ध रहेको र १० रुपैयामा पनि पाउने भएकाले सबैको पहुचमा रहेकाले सबैले आफै लगाएर हिड्नु पर्ने धारणा पनि डा. सिंहले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP