Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चीन र भारतको स्वार्थ नमिले सम्म नेकपाको विवाद मिल्दैन: डा लोहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले चीन र भारतको स्वार्थ नमिलेसम्म नेकपाको विवाद मिल्न नसक्ने तर्क गर्नुभएको छ । आफुलाई सवै भन्दा ठूलो राष्ट्रवादी हुँ भन्ने प्रधानमन्त्रीले पार्टीको सामान्य विवाद मिलाउन समेत विदेशीको साथ मागेर नेपालको राष्ट्रियतामाथिनै प्रश्नचिन्ह खडा गरेको लोहनीको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष लोहनीले नेपालको पुरानो राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रवादलाई नेकपाले बेचिसकेको आरोप लगाउनुभयो । यस्तो समयमा धेरै सजगताका साथ सरकार र सत्तारुढ पार्टीले काम गर्नुपर्नेमा उल्टै प्रधानमन्त्री र पार्टी अध्यक्ष चुन्न जनमत भन्दा बिदेशीको भूमिका बढाएको उहाँले बताउनुभयो ।

लोहनीले बाहिरी प्रभाव बढ्नु त्यसैपनि दुखद भएको र प्रधानमन्त्रीको राष्ट्रवाद दिल्ली र बेजिङमा बेचिएकाले दुई मित्र राष्ट्रको क्रिडा स्थलको रुपमा नेपाललाई पुर्याएको दावी गर्नुभयो । नेपाल र नेपाली हराउने अवस्था आइसकेको भन्दै उहाँले नेपाल सरकारलाई कस्ले टिकाएको छ भन्ने कुरै बुझन कठिन हुन थालेको धारणा राख्नुभयो ।

नेकपाभित्र नेपाली जनताको तस्वीर हराइसकेको भन्दै उहाँले प्रधानमन्त्रीको कुर्सीमा बसेका व्यक्तीका कार्यकर्ता सडकमा आउनु, नेपालको परराष्ट्रनीति समाप्त हुनु, परराष्ट्रमन्त्रीको अस्थित्व हराएर जानु देशका लागि गतिलो संकेत नभएको बताउनुभयो । प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले मलाई भारतसँग मिलेर हटाउन खोजे भन्नु र बचाउका लागि चिनियाँ राजदुतलाई बोलाउनु लाजमर्दो कुरा भएको उहाँले उल्लेख गर्नुभयो ।

लोहनीले भन्नुभयो, ‘एउटा महाशक्तिले ओलीलाई हटाउने र अर्कोले बचाउनुपर्ने अवस्था देखियो । यो भनेको दुई देशको भागबण्डामा नेपाल फसेको हो । ओलीले अब जनताको कुरा गर्न मिल्दैन । अब नेपालमा सन्तुलन कायम नभएर अफगानीस्तान जस्तै हुन्छ । चलखेल बढाउने बतावरण नेकपाको दुवै पक्षबाट भएको हो । नेपाली सत्तामा अडिन र पुग्नका लागि अब नेकपालाई नेपाली जनता चाहिदैन । विदेशी भए पुग्छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP