Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राजेन्द्र लिङ्देनलाई कांग्रेस सहमहामन्त्री यादवको चेतावनी

जनकपुरधाम : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई चुनौतीसमेत दिए।

उनले भने, ‘चैत १५ गते भाटभटेनी लुटपाटमा कुन सहमहामन्त्रीको छोरा थियो? तस्वीर सार्वजनिक गर्नुस्। होइन भने हामी सहमहान्त्रीहरु तपाईविरुद्ध अदालत जान्छौँ।’

गएको शुक्रबार राप्रपा अध्यक्ष लिङदेनले प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै भाटभटेनीमा कांग्रेसका सहमहामन्त्रीको छोरा पनि पक्राउ परेको दाबी गरेका थिए।

गृहमन्त्रीको ठाडो आदेशमा सहमहामन्त्रीका छोरालाई तत्काल छाडेको भनेर प्रतिनिधिसभामा बताएका थिए। उनले राखेको अभिव्यक्तिको केहीबेर नबित्दै केही मिडियाहरुले सहमहामन्त्री यादवको छोरा मुकेश यादव पनि भाटभटेनी लुटपाटमा पक्राउ परेको भनेर खबर प्रकाशित गरेका थिए।

नेता यादवका दुई सन्तान मात्र छन्। डा आकाश यादव र डा विकास यादव। मानसिक तनाव र यसले गर्दा आफ्नो चरित्र हत्या भएको भन्दै सहमहामन्त्री यादवले लिङ्दनविरुद्ध अदालत जाने पत्रकार सम्मेलन जानकारी गराए।

उनले प्रतिनिधिसभामा गलत सूचना दिएर प्रतिनिधिसभा र जनतालाई भ्रमित गर्ने प्रयास गरेको नेता यादवले थपे। दुनियामा कतै नरहेको आदर्श र एजेण्डा लिएर राप्रपाले जनतालाई भ्रमित पार्न खोजेको आरोप सहमहामन्त्री यादवको छ।

लिङदेनको अभिव्यक्तिविरुद्ध नेपाली कांग्रेसले मधेश प्रदेशका आठै जिल्लामा आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ। यसअघि उनको विरोधमा धनुषाका कांग्रेसी कार्यकर्ताले हिजो मात्र जनकपुरधाम महेन्द्रनगर सडकखण्डको धनुषाको लक्ष्मीनियाँ बजारस्थित चक्काजाम गरेर लिङदेनको पुतला जलाएका थिए।

पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य राम सरोज यादव, कुमर कान्त झा, जिल्ला सभापति योगेन्द्र पन्जियार, प्रदेश समिति सदस्य जिबनाथ चौधरी,राज किशोर यादव, बजरंग यादव लगायतका उपस्थिति थिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP