Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

यस्तो छ नागढुंगाको विकल्प धार्के-सीतापाइला सडक

काठमाडौं प्रायजसो जाम भइरहने नागढुंगा–नौबिसे सडकको विकल्प धार्के–सीतापाइला सडक बन्न थालेको छ। काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन्।

नागढुंगा–नौबिसे सडकमा खाल्डैखाल्डा छन्। यो सडकमा स्तरोन्नतिको काम भइरहेकाले निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा(धार्के सडक प्रयोग गर्न थालेका थिए। अहिले भने यात्रुवाहक माइक्रो बसलगायत सवारीसाधन पनि यो सडक खण्ड भएर चल्न थालेका छन्। यो सडकको दूरी २४ किलोमिटर रहेको छ। करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ।

यो बाटोमा चहलपहल बढेपछि स्थानीयको आयआर्जन पनि बढेको छ। स्थानीयले उत्पादन गरेको तरकारी यात्रुले किनेर लैजाँदा उनीहरुलाई आम्दानीको स्रोत भएको छ। सडक छेउमै स्थानीय उत्पादन किन्न पाइन्छ। तरकारी बेच्न काठमाडौं नै पुग्नुपर्ने स्थानीयबासीको बाध्यता अन्त्य भएको छ।

धार्के–सीतापाइला सडक हालै बनेको भने होइन। नागढुंगा(नौबिसे सडक खण्डको चापलाई घटाउन २०४५ सालबाट नै यसको निर्माण सुरु गरिएको थियो। अहिले पनि पूर्ण रुपमा निर्माण सकिएको छैन। केही ठाउँमा कालोपत्रे गर्न बाँकी छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP