कृष्णनगर, २४ साउन ।
अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट साझेदारी वनबाट शंकास्पद रुपमा हराएका सिंह आज मृत अवस्थामा भेटिएका हुन् ।
सुरक्षा निकायले अस्तिदेखि तीव्र खोजी जारी राखेको र आज बिहानै जंगलको दक्षिणी क्षेत्रमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घटना शंकास्पद रहेको र अनुसन्धानको क्रम शुरु भएको बताउँदै प्रहरीले थप खुलाउन चाहेन ।
शुक्रबार दिउँसो ३ बजेबाट बेपत्ता सिंहले आफु जंगलमा हराएको र आफ्नो ज्यान खतरामा रहेको भन्दै केही व्यक्ति र गोरुसिंगे प्रहरीलाई मोबाइलबाट सम्पर्क गरेका थिए । जंगलमा सर्च गर्दा प्रहरीले तौलिहवा–गोरुसिंगे सडकदेखि करिब २ किमी पूर्वमा जंगल बीचमा उनको मोटरसाइकल फेला पारेको थियो । लगत्तै प्रहरी तथा शशस्त्र प्रहरीको टोली, ड्रोन तथा तालिम प्राप्त कुकुर सहित सयौं युवाहरु उनको खोजीमा लागेका थिए ।
आज बिहानैदेखि जंगल सर्च गर्ने क्रममा हिजो मोटरसाइकल फेला परेको स्थानदेखि करिब १ किमी टाढा सिंहको शव फेला परेको हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया