Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मिडफिल्डर प्रीति जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्ध

काठमाडौं : नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईलाई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्ध भएकी छन्।

इत्तिहादले प्रीतिलाई एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि भित्र्याएको हो। गत साउन ६ गते नै जोर्डन पुगे पनि उनलाई क्लबले सोमबार मात्रै सार्वजनिक गरेको हो।

सन् २०१८ मा स्थापना भएको इत्तिहातले जोर्डन महिला प्रो–लिग खेल्दै आएको छ। क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्ध भएकी छन्।

यो क्लबले सन् २०२३ र २०२४ मा लगातार लिग जितेको थियो। यो क्लबले गत वर्ष पनि एएफसी महिला च्याम्पियनसिप लिगको प्रारम्भिक चरणका खेल खेलेको थियो। तर टोलीको यात्रा अगाडि बढ्न सकेन।

यस पटक समूह ‘सी’मा इत्तिहादसँगै मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिस्तानको सड्युशोर एसआइ एसियागोल छन्।

यो समूहको खेल मलेसियामा हुनेछ। इत्तिहादले अगस्ट २५ मा लायनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। प्रीतिले एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छिन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP