Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काँग्रेसको जागरण अभियान जनताका लागि नभई नेताहरुका आवश्यक

डडेल्धुरा

डडेल्धुराबासीले काँगेसको जागरण अभियान जनतालाई नभई नेताहरुलाई आवश्यक रहेको सुझाव दिएका छन् । पार्टीभित्रका गुट उपगुटको कारणले काँग्रेस धराशायी बन्दै गएको भन्दै समस्या नेतृत्वमै रहेको उनीहरुको टिप्पणी छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुराका अधिकांश जनताले पार्टीको नेतृत्वप्रति व्यापक गुनासो गरेका छन् ।गुटबन्दीमै रुमल्लिँदा पार्टी कमजोर भएको भन्दै जागरण अभियान जनतामा नभई नेताहरुकै लागि चलाउनुपर्ने सुझाव दिएका छन् ।

समाजवादका प्रणेता स्व। विश्वेश्वर प्रसाद कोइरालाको १०६ औँ जन्मजयन्ती अवसरमा सुरु भएको दोस्रो चरणको जागरण अभियानमा नेतृत्वमै समस्या रहेको प्रतिक्रिया आएको छ ।काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामै आन्तरिक गुटले धराशायी बन्दै गएकाले सर्वसाधारणले देउवाप्रति चरम आक्रोश व्यक्त गरेका छन् ।

आन्तरिक पार्टी सुदृढीकरणका लागि जनतासमक्ष पुगेर सुझाव संकलन र सरकारका गलत गतिविधिको भण्डाफोर गर्ने उद्देश्यका साथ गरिएको जागरण अभियानमा गुटबन्दी अन्त्य गर्नुपर्ने सुझाव आएको छ ।नेताहरु हार्दिक रुपले एकता नभएसम्म जनताको विश्वास जित्न नसकिने भन्दै केन्द्रदेखि जिल्लासम्मका नेता सच्चिनुपर्ने स्थानीयको धारणा रहेको थियो ।

माथिल्लो तहका नेताहरुको कार्यशैली तल्लो तहमा पनि अनुशरण हुने भएकाले पार्टीको शुद्धीकरण केन्द्रबाटै हुनुपर्ने जनताको धारणा देखिन्छ ।गुटबन्दीको खेलले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता समेत विभेदमा पर्ने भएकाले पार्टीप्रति जनताको भरोसा नरहने अधिकांशको सुझाव रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP