
काठमाडाैं : साउथ अस्ट्रेलिया विरुद्धको एक दिवशीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ। कप्तान रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट प्रदर्शनपछि नेपालले हार नजिक पुगिसकेकाे खेल आफ्नो पक्षमा पारेको हो।
जितका लागि साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा कप्तान रोहित पौडेले शतकीय पारी खेल्दै सर्वाधिक १०२ रन बनाए। सोमपाल कामीले ३८ रन जोडे।
त्यसअघि ३६ ओभरमा ८ विकेट गुमाउँदा १७२ रन मात्र बनाएर धर्मराएको नेपालको इनिङ यी दुई जनाले उकासेर जित दिएका हुन्।
टस हारेर पहिले ब्याटिङ थालेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा पूरै विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया