Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इङ्ल्याण्डसँगको एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाको लज्जाजनक हार

काठमाडौं : दक्षिण अफ्रिकाले एक दिवसीय क्रिकेटमा इतिहासकै लज्जाजनक हार व्यहोरेको छ।

इङ्ल्याण्ड भ्रमणमा रहेको दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा २–१ को जित निकाले पनि अन्तिम खेलमा ३ सय ४२ रनको लज्जाजनक हार व्यहोर्‍यो।

सिरिजको अन्तिम खेलमा साउथ ह्याम्टनमा टस हारेर पहिले ब्याटिङमा आएको घरेलु टोली इङ्ल्याण्डले पूरै ५० ओभरमा ५ विकेट गुमाएर ४ सय १४ रन जोडेको थियो। जसमा जाकोब बेथेल र जोए रुटले सतकीय पारी खेले भने जामी स्मीथ र जोस बट्लरले अर्धसतकीय पारी खेले।

दक्षिण अफ्रिकाका कोर्बिन बोस्च र केशव महाराजले २–२ विकेट लिए। ४ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको दक्षिण अफ्रिका २० दशमलब ५ ओभरमा अलआउट भयो। उसका ८ जना ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने कार्बिन बोस्चले बनाएको २० रन नै सर्वाधिक रह्यो।

इङ्ल्याण्डका जोफ्रा आर्चरले ४, अदिल रसिदले ३ तथा ब्राडन कार्सले २ विकेट लिए। योसँगै दक्षिण अफ्रिकाले ५२ वर्षको इतिहासमा सबैभन्दा ठूलो हार व्यहोर्दा इङ्ल्याण्डको सबैभन्दा ठूलो जित हासिल गर्‍यो​ थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP