Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा

काठमाडौं : शाहीनशा अफ्रिदीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाकिस्तान एसीसी टी–२० एसिया कपको उपाधि नजिक पुगेको छ। उसले बंगलादेशलाई ११ रनले हरायो।

उपाधिका लागि पाकिस्तानले आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। एसिया कप इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यही प्रतियोगितामा भारत र पाकिस्तान तेस्रो पटक भिड्न लागेका हुन्। एउटै समूहमा रहेका यी दुई टीम समुह चरणमा भारतसँग ७ विकेटले पाकिस्तान पराजित भएको थियो। भने सुपर फोरमा पनि भारतले पाकिस्तानलाई ७ विकेटले हरायो।

बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो।

बंगलादेशका लागि शमिम हुसेनले, ३०, र सैफ हसनले १८, रिशाद हुसेनले अविजित १६, नुरुल हसन १६, मेहेदी हसनले ११ र लान्जिम हसन साकिबले १० रन बनाए।

पाकिस्तानका शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले समान तीन तीन तथा सैम अयुबले दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिला थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो।

पाकिस्तानका मोहम्मद ह्यारिसले ३१, मोहम्मद नवाजले २५, शाहिन शाह अफ्रिदीले १९, फहिम अशरफले १४ र फखर जमानले १३ रन बनाए ।

बंगलादेशका लागि तस्किन अहमदले तीन तथा मेहदी हसन र रिशाद हुसेन समान दुई विकेट लिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP