Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार बर्नेलीविरुद्ध ५–१ को सानदार जित

काठमाडौं : म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार बर्नेलीविरुद्ध ५–१ को सानदार जित निकालेको छ।

जितसँगै ६ खेलमा १० अंक जोडेको सिटी छैटौं स्थानमा छ। पराजित बर्नेली समान खेलबाट समान खेलबाट चार अंकका साथ १७औं स्थानमा छ।

इतिहाद रंगशालामा घरेलु टोली सिटीलाई जितत दिलाउन एर्लिङ हालान्डले दुई र म्याथ्युज नुनेजले एक गोल गर्दा दुई गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो। बर्नेलीका लागि जैडन एन्थोनलीले एक गोल फर्काए।

खेलको १२औं मिनेटमा म्याक्सिम एस्टेभबाट अत्मघाती गोल हुन पुग्दा सिटीले अग्रता लिएको थियो। ३८औं मिनेटमा एन्थोलीले बर्नेलीलाई बराबरीमा ल्याए।

नुनेजले ६१औं मिनेटमा गोल गर्दा सिटी २–१ ले अगाडि बढ्यो। सात मिनेटपछि नै एस्टेभबाट दोस्रो पटक आत्मघाती गोल हुन पुग्दा सिटीको अग्रता ३–१ मा पुग्यो।

हालान्डले ९०औं मिनेट र इन्जुरी समयमा गोल गर्दै सिटीलाई ५–१ को सानदार जित दिलाए।

शनिबारै सम्पन्न अन्य खेलमा ब्रेन्टफोर्डले म्यानचेस्टर युनाइटेड तथा ब्राइटनले चेल्सीलाई समान ३–१, क्रिस्टल प्यालेसले लिभरपुललाई २–१ ले हरायो।

सान्डरल्यान्डले नटिङघम फरेस्टलाई १–० ले पराजित गरेको छ। यसैगरी टोटनहम र उभरह्याम्पटनले १–१ तथा लिड्स युनाइटेड र बर्नमाउथले २–२ को बराबरी खेले। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP