Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कतार पेट्रोलियम प्लान्टमा इरानको मिसाइल प्रहार

पश्चिम एसियामा जारी युद्धका कारण विश्वकै ठुलो प्राकृतिक ग्यास भण्डार र ऊर्जा पूर्वाधारहरूमा भीषण क्षति पुगेको छ।इरानको साउथ पार्स ग्यास क्षेत्रमा इजरायली आक्रमण भएपछि इरानले कतारको सरकारी स्वामित्वको रास लाफान औद्योगिक क्षेत्रमा मिसाइल प्रहार गरेको छ। कतार पेट्रोलियमले आफ्नो प्लान्टमा व्यापक क्षति भएको पुष्टि गरेसँगै विश्वव्यापी ऊर्जा आपूर्तिमा संकट चुलिएको छ।यसैबिच, इरानका गुप्तचर मन्त्री इस्माइल खतिबको हवाई आक्रमणमा मृत्यु भएको इरानी राष्ट्रपतिले पुष्टि गरेका छन्। मन्त्री खतिबको मृत्यु र ऊर्जा केन्द्रहरूमा भइरहेका श्रृंखलाबद्ध आक्रमणले युद्धलाई थप अनियन्त्रित बनाएको छ।इरान र उसका सहयोगी समूहहरूले अहिले दुबई, कतार, कुवेत, इराक र साउदी अरबका विभिन्न स्थानमा ड्रोन र मिसाइल प्रहार गरिरहेका छन्। इजरायलको वेस्ट बैंकमा मिसाइलका टुक्राहरू एक ब्युटी पार्लरमा खस्दा तीन जना महिलाको मृत्यु भएको छ।इजरायलले लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहविरुद्धको सैन्य कारबाहीलाई अझ तीव्र बनाएको छ।ऊर्जा केन्द्रहरू नै निशानामा परेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकासिएको छ भने खाडी क्षेत्रका प्रमुख सहरहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP