Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कोशीमाथि लुम्बिनीको सानदार जीत 


जनकपुर : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १४८ रनको विशाल अन्तरले हराएको छ। जनकपुरमा भएको खेलमा लुम्बिनीले ९ विकेट गुमाएर २४९ रन बनाएको थियो।

विशाल रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कोशीले सबै विकेट गुमाएर १०१ रन बनाउन सक्यो।

सुरूमा ब्याटिङमा उत्रिएको लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ९२ रन बनाउँदा सन्तोष यादवले ४८ रन बनाए। रन्जित खड्का ३५, राजेन्द्र बम १६, आकाश त्रिपाठी १२ बनाउँदा अन्यले दोहोरो रन जोड्न सकेनन्।

कोशीका सुजन थपलियाले सर्वाधिक चार विकेट, दिपेश कंडेल दुई र विपिन महतो र प्रेम कामत समान एक एक विकेट लिए।

२५० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कोशीका अंकित सुवेदीले सर्वाधिक ३० रन बनाउँदा दिपेश कंडेल १५ र सुजन थपलियाले ११ रन बनाए। अन्यले दोहोरो रन बनाउन सकेनन्।

लुम्बिनिका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए। राजेन्द्र बम ३, निर्मल गुरूङ २ सन्देश थापाले एक विकेट लिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP