
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ५ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-२ मा लागू पदार्थ दुर्व्यसन नियन्त्रण सम्बन्धी दुई दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । २ नम्बर वडा २ कार्यालय लालपुरको आयोजनामा वडाभित्र दुई दिनसम्म लागू पदार्थ दुर्व्यसन नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हाे ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष नेपाल चौधरीले लागू पदार्थको बढ्दो प्रयोगले समाजमा विभिन्न नकारात्मक असरहरू देखिन थालेकाले समयमै सचेतना फैलाउन आवश्यक रहेको बताए । उनले युवापुस्तालाई दुर्व्यसनबाट टाढा राख्न परिवार, विद्यालय, समुदाय र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे ।
त्यस्तै वडा सदस्य नितु दर्जीले लागू पदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजलाई नै क्षति पुर्याउने भएकाले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् । उनले युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रमका सहजकर्ता इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आचार्यले लागू पदार्थका प्रकार, यसको सेवनबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असर, कानुनी व्यवस्था र रोकथामका उपायबारे जानकारी गराएका थिए । उनले दुर्व्यसन नियन्त्रणका लागि समुदायस्तरबाटै निगरानी र सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।
यस्तै वडा सचिव सराेज तिमिल्सैनाले लागू पदार्थ दुर्व्यसन समाज र विशेषगरी युवापुस्ताका लागि गम्भीर चुनौती बनेको भन्दै यसको नियन्त्रणका लागि सचेतना अभिवृद्धि आवश्यक रहेको बताए । उनले समुदायस्तरमै यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै दुर्व्यसनमुक्त समाज निर्माणमा वडा कार्यालय प्रतिबद्ध रहेको उल्लेख गरे ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागीहरूलाई लागू पदार्थ दुर्व्यसनका जोखिम तथा त्यसबाट बच्ने उपायबारे प्रशिक्षण दिएकाे वडा कार्यालयका कर्मचारी प्रवेज आलम खानले बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य रुन्नति देवी पाण्डे, वडा सदस्य सहरु भर, साेमई केवट लगायत वडाभित्रका महिला, युवायुवती, अभिभावक, विद्यार्थी तथा स्थानीयवासी सहित सराेकारवालाहरुकाे सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया