
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ७ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण सम्पन्न तथा निर्माणाधीन विभिन्न कालाेपत्रे सडकहरूको स्थलगत अनुगमन गरिएको छ ।
गाउँपालिका अन्तर्गत खडैचादेखि फरेना सडक खण्ड, खजहनीदेखि छुटपाटी सडक तथा बडसुडवा आरटिओदेखि हुलाकी सडकसम्मको निर्माण अवस्थाबारे अनुगमन गरिएको हो ।
बेलायत सरकारको स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LISP) अन्तर्गत उक्त सडकहरू अस्फाल्ट प्रविधिबाट कालाेपत्रे निर्माण भइरहेका छन् । स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका प्रतिनिधि, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान, दिनेश कुमार चौधरी, प्रशासन शाखा प्रमुख बोधराज भुसाल, सब-इन्जिनियर किरण तामाङ लगायतको टोलीले ती सडकहरूको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनपछि अध्यक्ष थापाले बेलायत सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण भइरहेका सडकहरूले स्थानीय पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनका अनुसार खडैचा-फरेना, खजहनी-छुटपाटी तथा बडसुडवा आरटिओ-हुलाकी सडक खण्ड गाउँपालिकाका प्रमुख बाटोहरूसँग जोडिएका महत्वपूर्ण सडक हुन् ।
यी सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै कृषि उत्पादनको ढुवानी, व्यापारिक गतिविधि तथा सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पर्ने उनले बताए । उनले प्रमुख बाटोहरूसँग जोडिएका यी सडकहरू गाउँपालिकाको समग्र विकासका लागि महत्वपूर्ण पूर्वाधार भएको जिकिर गर्दै गुणस्तरीय निर्माण, समयमै सम्पन्नता र दिगोपन सुनिश्चित गर्न नियमित अनुगमनलाई निरन्तरता दिएकाे बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया