विजयनगर स्वास्थ्य शाखाको समीक्षा बैठक, सेवा सुधारका रणनीतिक निर्णय

(विजयनगर) कपिलवस्तु, १५ साउन

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८३/०८४ को पहिलो मासिक समीक्षा बैठक सम्पन्न गरेको छ । स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न बैठकमा पालिकाअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा गत आर्थिक वर्ष २०८२/०८३ को कार्यप्रगतिको समीक्षा गर्नुका साथै आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल गरिएकाे छ ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ मा निर्धारित लक्ष्यको ८८ प्रतिशत कार्य सफलतापूर्वक सम्पन्न भएको भन्दै स्वास्थ्य शाखा प्रमुख अधिकारीले सम्पूर्ण स्वास्थ्य संस्था प्रमुख तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेेका छन् ।

बैठकले आगामी श्रावण महिनाभित्र खोप केन्द्र तथा फिल्ड कार्यसमेत समेटिएको लक्षित वर्गमा आधारित वार्षिक कार्ययोजना स्वास्थ्य शाखामा अनिवार्य रूपमा पेस गर्ने निर्णय गरेको छ । यस्तै आगामी भदौ महिनादेखि पालिकाभित्रका सबै स्वास्थ्य संस्थामा eHMIS प्रणाली अनिवार्य रूपमा सञ्चालन गर्ने तथा SORMAS प्रणालीमा पनि नियमित रूपमा तथ्याङ्क प्रविष्टि गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी जिन्सी तथा औषधी व्यवस्थापनलाई व्यवस्थित बनाउन खर्च भएको तथा बाँकी रहेको जिन्सी विवरण अद्यावधिक गर्ने र आगामी आर्थिक वर्षका लागि आवश्यक औषधिको परिमाण विगत तीन वर्षको खर्चका आधारमा निर्धारण गरी स्वास्थ्य शाखामा पेस गर्ने निर्णय भएको छ ।

बैठकले चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न स्वास्थ्य कार्यक्रमका फोकल पर्सन तोकी स्वास्थ्य शाखालाई जानकारी गराउने तथा गाउँपालिकाभित्र प्रत्येक महिनाको २ गतेदेखि ५ गतेसम्म नियमित खोप सेवा सञ्चालन गर्न स्वास्थ्य व्यवस्थापन समिति र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासँग समन्वय गरी कार्यान्वयन गर्ने निर्णयसमेत गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP