कपिलवस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

(विजयनगर) कपिलवस्तु, २५ साउन ।

कपिलवस्तुमा पेस्तोल बोकेर हिँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको हो ।

कृष्णनगर नगरपालिका-८ बहादुरगन्जका स्थानीयलाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको खोजी थालेको थियो ।

सोही क्रममा विजयनगर-४ जगदिशपुरबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका-५ डबरा बस्ने २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर-८ दयानगर बस्ने २१ वर्षीय जितेन्द्र मौर्य र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र लु.६१ प.७०७२ नम्बरको १२५ सीसीको मोटरसाइकल बरामद गरेको जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP