
काठमााडौं। महोत्तरीको जलेश्वर कारागारमा एक जना महिला कैदीको मृत्यु भएको छ।
मृत्यु भएकी उनी सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ३५ वर्षीया रेशा खातुन भन्ने नुर जहाँ खातुन हुन्।
उनको शुक्रबार राति करिब २ बजेतिर उपचारकै क्रममा मृत्यु भएको जेलर मकसुदन महासेठले जानकारी दिए ।
विगत १०-१५ दिनदेखि बिरामी परेकी खातुनको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बिहीबार जलेश्वर जिल्ला अस्पताल भर्ना गरिएको थियो। उनी कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ गतेदेखि उनी कैदमा थिइन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया