Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लकडाउनको अवधिमा विदेशमा अलपत्र ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फिर्ता

काठमाडौं । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण विभिन्न मुलुकमा समस्यामा परेका ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताका लागी सहजीकरण गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण केन्द्रले जनाएअनुसार बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएका छन् । गत जेठ २३ गते पहिलोपटक उद्धार उडानमार्फत म्यान्माबाट २६ नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई म्यान्माको एयरफोर्स विमानबाट नेपाल फर्काइएको थियो ।

यस अवधिमा खाडी र मलेशियाबाट सबैभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सो अवधिमा संयुक्त अरब इमिरेट्स (युएइ) बाट सबैभन्दा बढी सात हजार ६१७ नेपाली स्वदेश फर्किएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यस्तै साउदी अरेबियाबाट पाँच हजार ६११, कुवेतबाट पाँच हजार ५४९, मलेशियाबाट पाँच हजार ३३३ र कतारबाट तीन हजार ९४१ नेपाली स्वदेश फर्किएका छन् ।

उद्धार उडानमार्फत उद्धार गरिएकाहरुमा बहराइनबाट ९८०, बङ्गलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अस्ट्रेलियाबाट ६३४, ओमानबाट ४९२ दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३ र थाइल्याण्डबाट ३२६ नेपाली रहेका छन् । सबैभन्दा बढी नेपाली ध्वजाबहाक नेपाल एयरलाइन्सबाट स्वदेश फर्केका हुन् ।
उद्धार उडानमार्फत स्वदेश आएकालाई विमानस्थलबाट सोझै ‘होल्डिङ सेन्टर’मा राखेर सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइएको केन्द्रले जनाएको छ ।

सरकारले आगामी भदौ १ गतेदेखि नियमित हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दैनिक १५ भन्दा बढी उडान गर्ने तयारी थालेको छ । रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP