
काठमाडौं । सेनाको कुटपिटबाट चितवनका युवकको मृत्यु भएको विषयमा आन्तरिक छानबिन सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटपछि भरतपुर अस्पताल पुर्याइएका युवकको बिहीबार बिहान मृत्यु भएको थियो ।
नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानबिन थालिएको जनाएको हो । यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ ।
साथै, नेपाली सेना, सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्यसम्पादन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ । राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारको दाबी छ ।
विज्ञप्ति हेर्नुस्

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया