Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

‘काेराेना भाइरस धेरै ताैल भएका व्यक्तिका लागि धेरै खतरनाक’

काठमाण्डाै – बेलायतका विशेषज्ञहरुले मोटोपना र कोरोना भाइरससँगको सम्बन्धको बारेमा नयाँ खुलासा गरेका छन् । उनीहरुका अनुसार धेरै तौल भएका व्यक्ति कोरोना भाइरसको सङ्क्रमणबाट गम्भीर बिरामी हुन सक्ने र उनीहरुको मृत्यु हुने आशङ्का पनि धेरै हुन्छ । 

बेलायत स्वास्थ्य विभागको एक्जिक्युटिभ एजेन्सी पब्लिक हेल्थ इङ्ग्ल्याण्डले एक तथ्यका आधारमा यस्तो खुलासा गरेको हो । धेरै तौल भएका व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण भएमा उनीहरुलाई अस्पतालमा भर्ना गर्न र आईसीयू कक्षको आवश्यकता धेरै हुन्छ । 

विशेषज्ञका अनुसार तौल बढ्दै जाँदा यो खतरा पनि बढ्दै जान्छ । 

पब्लिक हेल्थ इङ्ग्ल्याण्डका चिफ न्युट्रिशियनिस्ट डाक्टर एलिसन टेडस्टोनका अनुसार धेरै तौल भएका व्यक्तिमा कोभिड–१९ का साथै गम्भीर बिरामी र मृत्यु हुने खतरा पनि धेरै हुन्छ । 

उनी भन्छिन्, ‘तौल कम गर्दा स्वास्थ्यमा पनि धेरै फाइदा हुन्छ, यसो गर्दा कोभिड–१९ को खतरा पनि कम हुन्छ ।’  

बेलायत सरकारले मोटोपना कम गर्ने अनुमानित घोषणाको ठिक अघि पब्लिक हेल्थ इङ्ग्ल्याण्डको तर्फबाट यो जानकारी सार्वजनिक भएको हो । 

युरोपेली देशमा बेलायत सबैभन्दा धेरै तौल भएका व्यक्तिको देश हो । इङ्ग्ल्याण्डका वयस्कमध्ये दुई तिहाइ मानिस या त मोटा हुन्छन् या उनीहरुको तौल धेरै हुन्छ । यही अवस्था वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डको पनि छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP