
काठमाडौं । चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका मतदातामाथी उहाँले नै बनाएको मन्त्रीले दमन गरेको टिप्पणी गर्नुभएको छ ।
प्रचण्डकै सिफारिसमा बन मन्त्री बन्नु भएका शक्ति बहादुर बस्नेतले प्रचण्डको निर्वाचन क्षेत्रका मतदाताहरुमाथी दमन गरेको उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा बोल्दै उहाँले बन मन्त्री बस्नेतको अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयो । मन्त्री बस्नेतले निकुञ्जका कर्मचारीले स्थानीयको घर नभइ गोठ मात्रै जलाएको भनेर दिनुभएको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको बेला मेयर ढकालले पनि आपत्ति जनाउनु भएको हो ।
उहाँले भन्नुभयो, “गरिव जनताकै नाममा राजनीति गर्नेहरुले गरिब किसान माथी धज्जी उडाउने काम भएको छ, उहाँको अभिव्यक्ति पनि आपत्तिजनक छ, सच्याउन उहाँलाई सुझाव दिन्छौँ ।”
स्थानीय बासिन्दालाई आगोलेभन्दा मन्त्रीको भनाईले पोलेको र घरभन्दा मन बढी डढेको उहाँले बताउनुभयो । मेयर ढकालले घटनाको छानविनका लागि बनाइएको समितिले मन्त्री बस्नेतलाई झुटाविवरण दिएकाले छानविन समितिका सदस्यहरुलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
“जिम्मेबार निकाय र पदाधिकारीको रिपोर्ट नै गलत छन्, आगजनी गर्नेलाई मात्र नभइ गलत रिपोर्ट दिनेलाई पनि कारबाहीहुनुपर्छ,” उहाँले भन्नुभयो ।
यथार्थलाई ढाक्ने काम भइरहेकाले विश्वसनीय र सर्वपक्षीय नयाँ छानविन समिति बनाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा भएको घटनाका बारेमा अध्यक्ष प्रचण्डलाई पनि जानकारी गराईसकिएको मेयर ढकालले बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया