Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रुकुम पश्चिम : पहिरोले घर बगाउँदा दुई जना बेपत्ता, चारको उद्धार

रुकुम पश्चिम – रुकुम पश्चिममा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । चार जनाको उद्धार गरिएको छ । 

बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा आज बिहान खसेको पहिरोले हस्तबहादुर सुनारको घर बगाउँदा छिमेकी २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनार सम्पर्कविहीन भएका हुन् ।

राति एउटै घरमा सुतेका ६ जनामध्ये चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो ।

हस्तबहादुरकी आमा ६० वर्षकी झुपी र श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी रितुको उद्धार गरिएको हो । अहिले हराएकाहरुको खोजी भइरहेको छ । 

यसैबीच पहिरोले बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को स्यार्पु सडकखण्डमा रहेका पाँच वटा पसलमा क्षति गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाअनुसार बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का डिलबहादुर परियार, बुद्धि केसीको घर उच्च जोखिममा रहेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP