Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बाढी पहिरोका कारण दक्षिण एसियाका ४० लाख बालबालिका प्रभावित

काठमाण्डाै – दक्षिण एसियाली चार देश नेपाल, भारत, बङ्गलादेश र भुटानमा भर्खरैकाे बाढी तथा पहिरोका कारण सात सय बालबालिकाको ज्यान गएको छ । ४० लाख बालबालिका प्रभावित भएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफका अनुसार बाढी पहिरोका कारण ४० लाख बालबालिका प्रभावित भएका छन् भने कोरोना महामारीको कारण उद्धार, राहत र पुनर्स्थापनामा थप समस्या भएको छ । दक्षिण एसियाको लागि युनिसेफका क्षेत्रीय निर्देशक जिन गफले प्रभावित केही क्षेत्रमा देखिएको कोरानाको सङ्क्रमण, त्यसको नियन्त्रण र रोकथामका लागि अपनाउनु पर्ने सावधानीको कारण जटिलता थपिएको बताउनुभयो । 

सडक, पुल, रेल मार्ग तथा विमानस्थलमा पुगेको क्षतिका कारण थुप्रै क्षेत्रहरू पहुँचबाहिर रहेका कारण उद्धार राहतमा कठिनाइ भएको युनिसेफले जनाएको छ । 

युनिसेफले प्रभावित बालबालिका तथा परिवारहरूका तात्कालीन आवश्यकता पूरा गर्नको लागि सम्बन्धित सरकार र मानवीय सहायता संस्थासँग स्थलगत रूपमै निकट समन्वय गरिरहेको तर कोरोना महामारी तथा त्यसको नियन्त्रण र रोकथामका सावधानीहरू पालना गर्नुपर्ने हुँदा प्रतिकार्यलाई थप जटिल बनाइदिएको जनाएको छ ।

नेपालमा असार २५ गतेयताको बाढी पहिरोले २० जिल्लाका दश हजार जना प्रभावितमध्ये आधाजसो बालबालिका रहेका छन् । सात हजार पाँच सय बालबालिका विस्थापित भएका युनिसेफले जनाएको छ । 

बङ्गलादेशमा मात्रै बाढीबाट १३ लाख बालबालिकासहित २४ लाख मानिसहरू प्रभावित भएको अनुमान गरिएको छ । भारतमा विहार, असाम, उडिशा, गुजरात, महाराष्ट्र, मध्य प्रदेश, केरला, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बङ्गालमा गरी बाढीबाट प्रभावित ६० लाख मानिसमध्ये  २४ लाख बालबालिका रहेको अनुमान गरिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP