
काठमाण्डौ – इटालियन ‘सिरी ए’ फुटबलमा इन्टर मिलान विजयी भएको छ ।
गएराति भएको खेलमा इन्टर मिलानले नापोलीलाई २-० गोल अन्तरले हराएकाे हाे । जितसँगै इन्टर मिलान तालिकाको दोस्रो स्थानमा रहेको छ ।
उपाधि जितिसकेको युभेन्टस ८३ अङ्कका साथ शीर्ष स्थानमा रहँदा चार अङ्कले पछि परेको इन्टर मिलान ७९ अङ्कसहित दोस्रो स्थानमा छ । यसैगरी एक अङ्क कम रहेको एटलान्टा तेस्रो स्थानमा छ । युभेन्टसले एक खेल कम खेलेको छ ।
इन्टरको घरेलु मैदानमा जित दिलाउनका लागि डेनिलो एम्ब्रोसियो र लाउटरो मार्टिनेजले एक/एक गोलको योगदान गरे । ११ औं मिनेटमा डेनिलोको गोलमा इन्टर मिलानले सुरुवाती अग्रता लिएको थियो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको इन्टरले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । ७४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि थप गोल नभएपछि इन्टर मिलान विजयी भयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया