Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेविसंघले अझै पाएन पूर्णता

काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को तदर्थ समितिले ६ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । २०७६ फागुन १ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र नेविसङ्घको १२औँ महाधिवेशन सम्पन्न गर्ने गरी राजीव ढुङ्गानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

२०७३ साउनमा सम्पन्न सङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले १२औँ निर्वाचन गर्न नसकेपछि २०७५ माघमा राजीनामा दिएका थिए । उनको राजीनामासँगै सङ्घको विधानअनुसार ३२ वर्ष कम उमेरको व्यक्तिलाई अध्यक्ष बनाउने अथवा बढी उमेरकालाई बनाउने भन्ने विवाद जारी रहेको रह्यो । करिब १३ महिनापछि ३२ वर्ष बढी उमेरका ढुङ्गानाको अध्यक्षतामा नेविसङ्घ गठन भएको थियो ।

समितिमा हाल अध्यक्ष ढुङ्गाना, उपाध्यक्ष तुलसा पन्त र मुक्ति पौडेल, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल, मनोज वैद्य, महेश्वरी कुँवर, बलदेव तिमिल्सेना र युवराज पाण्डे छन् । सङ्घका पूर्वकेन्द्रीय सदस्य लीलावल्लभ दाहालले पार्टी नेतृत्व भ्रातृ संस्थाको समयमा अधिवेशन गरेर पार्टी चलायमान बनाउनुको साटो आन्तरिक झगडा र गुठगत भेलामा लागेको आरोप लगाउँछन् ।

सङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ। “पार्टीले विद्यार्थी हक र हितमा खट्ने इमानदार विद्यार्थीलाई समावेश गरेर तत्काल तदर्थ समिति गठन गर्नुपर्छ,” उनी भन्छन् । सङ्घका पूर्वकोषाध्यक्ष शिव रिमाल मुलुकको लोकतन्त्र र शिक्षाका लागि लडेको विद्यार्थी सङ्गठन यो अवस्थामा आउनु दुःखद् भएको बताउँछन् । बाँकी कार्यसमिति तत्काल मनोनीत गरेर १२औँ महाधिवेशनमा जानुपर्ने उनको भनाइ छ ।

सङ्घका अध्यक्ष ढुङ्गाना कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीले विद्यालय तथा क्याम्पस बन्द हुँदा अधिवेशनका प्रक्रिया अगाडि बढाउन नसकेको बताउँछन् । सङ्घ पूर्वकार्यसमितिका विभिन्न नेताले उपत्यका तथा जिल्लामा एकलौटी ढङ्गले निर्माण गरेको समिति पार्टीको केन्द्रीय कार्यसमितिले यसअघि नै विघटन गरिसकेको छ ।  महामन्त्री भट्टराई पार्टीले पूर्ण समिति नल्याएका कारण महाधिवेशन प्रक्रिया अगाडि बढाउन नसकेको बताउँछन् ।  समितिलाई पूर्णता दिएसँगै सङ्घलाई महाधिवेशन उन्मुख बनाउने उनको भनाइ छ ।

मुलुकमा भएका विभिन्न राजनीतिक र शैक्षिक आन्दोलनमा अग्र मोर्चामा उभिएर काम गरेको सङ्घको कार्यसमितिले पूर्णता नपाउँदा ठूलो समस्या उत्पन्न भएको छ । २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको सङ्घमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरे । पहिलो अध्यक्ष विपिन कोइराला थिए । स्थापनाकालदेखि हालसम्म आइपुग्दा ६ अध्यक्ष निर्वाचित, ७ अध्यक्ष तदर्थ र ५ अध्यक्ष सर्वसम्मत नेतृत्व लिएको पाइन्छ । सङ्घको ५० वर्षको इतिहासमा २०५९ मा तत्कालीन अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए भने अरु अध्यक्षले समयमा अधिवेशन गर्न सकेका थिएनन् ।

विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जित कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए ।

यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर भने निर्वाचित अध्यक्ष बने पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न सकेनन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको तदर्थ समितिलाई चाँडो पूर्णता दिनेबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए । –रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP