Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रक्सी नपाएपछि पानीमा सेनिटाइजर मिसाएर खाने १० जनाको मृत्यु

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा ह्याण्ड सेनिटाइजर खाँदा कम्तीमा १० जनाको ज्यान गएको छ।

लकडाउनका बेला रक्सी पसल बन्द रहँदा लत लागेका व्यक्तिले रक्सीमा आधारित सेनिटाइजर खाएको र त्यसकै कारण कम्तीमा १० जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसका संक्रमितहरु बढेपछि आन्ध्र प्रदेशको कुरिचेदू गाउँमा लकडाउन लागु गरिएको थियो।

सो गाउँमा व्यक्तिले रक्सी नपाउँदा सहज रुपमा पाइने रक्सीमा आधारित सेनिटाइजरलाई पानी र अरु पेय पदार्थमा मिसाएर खाएको स्थानीय प्रहरी प्रमुख शिद्धार्थ कौशलले बताएको बिबिसीले उल्लेख गरेको छ।

झण्डै १० दिनसम्म सेनिटाइजर खाएपछि उनीहरुको मृत्यु भएको प्रहरी अधिकारी कौशलले बताए। सेनिटाइजरमा अरु केही विषादी युक्त पदार्थ थियो या थिएन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसका लागि सेनिटाइजरको नमूना परीक्षणका लागि पठाइएको छ। भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्दो क्रममा रहे पनि केन्द्र सरकारले लकडाउन खुलाएको छ। तर केही स्थानीय तहले लकडाउन कायम राखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP